इटहरी :सुनसरीको इटहरीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा इटहरी उपमहानगरपालिकाका एक जना कर्मचारी सहित अन्य २ जना रहेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

एक जना इटहरी उपमहानगरपालिकामा कार्यरत पुरुष कर्मचारी हुन् भने अर्का एक जना ठेकेदार हुन् ।

त्यस्तै इटहरी ६ की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफैले गएर कोसी अस्पतालमा दिएको पिसिआर रिपोर्ट पोजेटिभ आएको तर ती महिला को हु्न भन्ने बारे पहिचान भई नसकेको इटहरी अस्पतालले जनाएको छ ।