इनरुवाः नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहतालाई कोभिड १९ कोरोना भाइरस पोजेटिभ पुष्टी भएको छ ।

इनरुवा नगरपालिकाले साउन १८ गते इनरुवा बसपार्कमा ७१ जनाको स्वाव नमुना लिएका मध्ये इनरुवा १ घर भएका युवा नेता योगेन्द्रप्रसाद मेहताको कोभिड १९ कोरोना भाइरसको रिर्पोट पोजेटिभ आएको हो ।

स्वाव परिक्षण रिर्पोट पोजेटिभ आएपछि कुराकानी गर्दै युवा नेता मेहताले भने, ‘पार्टीको आसन्न महाधिवेशनको सिलसिलामा जिल्लाका विभिन्न नगरपालिका र गाँउपालिकामा आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा सहभागी हुने क्रममा भिडभाडमा गएको थिए कहाँबाट सक्रमित भए थाहा छैन ।’

आफनो स्वाव परिक्षण रिर्पोट पोजेटिभ आएकाले सार्वजनिक रुपमा राजनीतिक र सामाजिक काममा जनसम्पर्कमा धेरै जनासँग प्रत्यक्ष भेटघाट भएकाले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका मानिसहरुलाई होम क्वारेन्टाईनमा बसेर पिसिआर टेष्ट गर्न युवानेता मेहताले आग्रह गरेका छन् ।

आफु लकडाउन सुरु भएदेखी सर्वसाधरणदेखि उच्च तहका व्यक्तिहरुसम्मलाई कोरोना सक्रमणबाट आफुपनि बच्न र अरुलाई समेत बचाउन आग्रह गर्दै समुदायलाई माक्स वितरण समेत गर्दै हिडेकाले आज आफ्नै कोरोना पोजेटिभ रिर्पोट आएकाले सार्वजनिक रुपमा सवैलाई नआत्तिन र थप सजग भएर सवैजना सुरक्षित रहन मेहताले अपिल गरेका छन ।

उनले भने, ‘मेरो स्वामित्वमा रहेको नेशनल मेडिसिन सेन्टर र इनरुवा पोलिक्लिनिकमा आफु बसेर औषधी बिक्री वितरण नगर्ने भएकाले औषधी पसल मार्फत आफ्नो कुनै ग्राहकहरुसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्पर्क नभएकाले नआत्तिन आग्रह गरेका छन ।

नेपाली कांग्रेसको महाधिवेशनको तयारीमा भएको प्रशिक्षण कार्यक्रममा सुनसरी काग्रेसका जिल्ला, नगर,गाँउ, क्षेत्रका पदाधिकारीहरु, जनप्रतिनिधिहरु समेत एउटै सवारी साधनमा हिडडुल गर्ने गरेकाले कन्ट्याक टेसिङमा नाम थाहा भएसम्मका व्यक्तिहरुको नाम स्वास्थ्य कार्यालयलाई जानकारी गराएको मेहताले बताए ।

इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले गत तीन दिन अगाडि इनरुवामा ७१ जनाको पिसिआर परिक्षण गरिएको मध्ये युवा नेताको मात्र रिर्पोट पोजेटिभ आएको बताए ।

उनलाई कोभिड १९ अस्पताल धरान लैजाने तयारी गरिएको छ भने स्वास्थ्य कार्यालय सुनसरीले उनको कन्ट्याक टेसिङ आजबाटै सुरु गरिने मेहताले बताए ।