इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारी तथा समुदाय स्तरमा कोरोना भाईरस बढ्दै गएको बिषयलाई पालिकाकी उपमेयर लक्ष्मी गौतमले चिन्ता ब्यक्त गर्दै आफ्ना केही भनाई राखेकी छिन् । आफुँ नजिकका कर्मचारी तथा अन्य ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि आफ्नो फेसबुकमा यस्तो लेखेकी छिन् ।
उनले लेखेको पोष्ट जस्ताको त्यस्तै :
कोरोना सन्क्रमित बड्दै गएपछि इटहरी उच्च जोखिममा छ । नगरपालिकाका जनप्रतिनिधि कर्मचारीले लकडाउन सुरु भएदेखि नै राहत बितरण, क्वारेन्टाइन निर्माण र सन्चालन योजनालगायत जनताको सेवामा अग्रपंक्तिमा रहेर सेवा गरेको बिषय सबैलाई थाहै छ । मेरो नजिक रहेर काम गर्ने कर्मचारीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि म आफै उच्च जोखिममा छु । मेरो स्वाब परिक्षण गरिए पनि रिपोर्ट प्राप्त भएको छैन ।
रिपोर्टमा जस्तो पनि आउन सक्छ । पोजेटिभ आउन सक्छ । मलाई पोजेटिभ आए पनि मेरो आफ्नो चिन्ता गरेकी छैन । चिन्ता गरेकी छु मबाट अरु कसैलाई संक्रमण नहोस नसरोस । कन्ट्याक्ट् ट्रेसिङमा परेपछी परिक्षण गर्नै पर्ने रहेछ गरियो । कतै कतै सानो आवाजमा परिक्षणका लागि स्वाब दिएकोमा पनि जनताको नगरी आफ्नो गर्ने भनेर कुरा काटेको सुनियो । धेरै जना मलाई माया गर्ने मेरा सुभचिन्तकहरुले मेरो चिन्ता गरेको पाए धेरैले फोनमै सोध्नु भयो । कतिले म्यासेन्जर मा सोध्नु भयो । त कतिले सोध्ने आटै आएन भनेर पनि लेख्नु भयो ।
मलाइ बस् इटहरी बासी असल नियतले मलाई माया गर्ने सुभचिन्तकहरुको माया भए पुग्छ । म तपाईंहरुलाई सम्मान गर्छु । तर एउटा कुरा प्रष्ट पार्न चाहन्छु । कोरोना परिक्षण गरेको भन्न लाज हुने । रिपोर्ट पोजेटिभ आउदा इज्जत जाने जुन धारणा छ त्यो हटाइ दिनुस् मेरो पोजेटिभ आएपनी मलाइ चिन्ता छैन म आफै सार्बजनिक गर्ने छु । किनकी म उच्च आत्मबल भएको मान्छे हुँ । म कोरोनालाई एक हप्ता मा जितेर फर्कन्छु ।
आफ्नो परिक्षण अर्काको नामबाट गर्ने पनि हुँदा रहेछ्न् । चोर्नु ठग्नु, बेइमानी गर्नु, घुस खानु, भ्रस्टाचार गर्नु, पो हुँदैन त सधै जनताको दुःख र सुखमा सजिलो अफ्ट्यारो दुबैमा हर ठाउँ मा हर समयमा म पुगेकी छु जो एउटा जनप्रतिनिधिको कर्तव्य भित्र पर्दछ । अनि यस्ता मान्छेलाई होस गर्दा गर्दै पनि कोरोना लाग्न सक्छ । होसियारी अपनाएकै छु सकेसम्म रिपोर्ट आउन समय लाग्छ म डराएकी छैन र डराउदिन पनि मलाई के लागि रहेको छ भने अहिले नहोला पछि भए पनि हामी सबै संक्रमित हुन्छौ कुनै समय त्यसैले आत्मबल दरो बनाऔ ।
अहिले पनि भित्र भित्र हामी इटहरी बासी समुदायसम्म पुगेको अनुमान गर्न सकिन्छ । यो ५ दिन भित्र मा ३५२ जनाको परिक्षण भएको छ । स्याम्पलिङ गरेर एक वार्ड १० जना अलग अलग एरियाका नागरिकको परिक्षण गरिदैछ ५ वटा वार्डको गरीसकियो अरु वार्डको लगातार हुँदै छ ।
ब्यबसायी, सुरक्षा कर्मी, पत्रकार, बैंककर्मचारी र पोजेटिभ आएकाको सम्पर्कमा आएका ब्याक्ति, र बिदेशबाट आउनेहरुको गरिदैछ । सबै वार्डबाट समुदाय स्तरको स्याम्पलिङ हेरि सकेपछी आवस्यकता अनुसार अरु ठूलो संख्यामा गर्ने तयारी छ । पोजेटिभ भएपनी कोरोना जित्न सकिन्छ सकेसम्म संक्रमित नहुने गरि सुरक्षित बसौ । लक डाउनको पालना गरौं । आफू बचौं र अरुलाई पनि बचाउन सहयोग गरौं (आतंकित नबनौं)