इटहरी: सुनसरीको इटहरीमा रहेको स्किल क्याम्पसले पत्रकारलाई स्वास्थ्य तथा अन्य सामग्री वितरण गरेको छ । पत्रकार महासंघ सुनसरीको पहलमा क्याम्पसले बुधबार एक कार्यक्रम गरी इटहरीका क्रियाशिल ३५ जना पत्रकारलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको हो ।
क्याम्पसले पत्रकारहरुलाई झोला, सेनिटाइजर, मास्क, लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो । कार्यक्रममा बोल्दै क्याम्पसका निर्देशक प्रज्वल पराजुलीले आफ्नो ज्यानको प्रवाह नगरी जनता माझ सुचना पुर्याउन अहोरात्र खटिने पत्रकारको सुरक्षाका लागि उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।
क्याम्पसका सिइयो पृथ्वी पराजुलीले विषम परिष्थितिमा फ्रन्ट लाइनरलाइ सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले यो सामाग्री बिदेशमा रहेका स्किल क्याम्पसका सुभचिन्तक र क्याम्पस आफैले जुटाएको समेत जानकारी दिए ।
यस्तै क्याम्पसले पत्रकार महासंघलाईसमेत मास्क, स्यानेटाइजरलगायतका सामाग्री उपलब्ध गराएको छ ।
केही दिनअघि मात्र क्याम्पसले इटहरी अस्पताललाई एक लाख रुपैया भन्दा बढी रकमको पीपीइलगायत स्वास्थ्य सामाग्री दिएको थियो ।
इटहरीमा स्थापित स्किल क्याम्पसले होटल मेनेजमेन्टका कक्षाहरु सञ्चालन गरिरहेको छ । विभिन्न छोटो अवधिका तालिमहरुसँगै तीन वर्षदेखि प्लस टुसमेत सञ्चालन गरेको छ । क्याम्पसमा अध्ययन गरेका कतिपय विद्यार्थीहरु नेपाल तथा विदेशका विभिन्न स्तरीय होटलहरुमा काम गरिरहेका छन् ।
क्याम्पस सञ्चालन गरिरहेको समुहले इटहरी ३ मा गोक्यो इन्टरनेशनल स्कुलसमेत सञ्चालन सुरु गरेको छ ।
कार्यक्रममा पत्रकार महासंघ सुनसरीका सचिब हिमाल दाहाल, प्रेस संगठन प्रदेश १ का सहसंयोजक लिलाराज भट्टराई लगायत विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।