इटहरी :प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र ५ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला भित्रका दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र लगायत स्थानीय बजारमा कोरोनाको संक्रमण बढ्दै गएपछि बुधबार राति १२ बजे देखि लागू हुने गरी साउन २६ गते राती १२ बजे सम्म निषेधित्र क्षेत्र घोषणा गरेको हो ।
कार्यालयले एक सुचना प्रकाशित गर्दै उक्त समय अवधिभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्याबश्यक सेवाका कर्मचारीले कार्यालयको काममा हिड्डुल गर्न पाउने छन् । सरकारी नम्बर प्लेटका सवारी साधन, अत्याबश्यक सेवाका सवारी साधन, ढुवानीका साधन बाहेक अन्य सबै सवारीसाधनहरुको आवागमन बन्द गर्ने कार्यालयले जनाएको छ ।
यस्तै ओद्योगिक क्षेत्रका उद्योग प्रष्तिठानहरुले स्वास्थ्य प्रोटोकल पालना गरी संञ्चालन गर्न पाउने छन् ।
उल्लेखित नियम उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम सजाय हुने समेत कार्यालयले जनाएको छ ।
कोरोना भाईरस संक्रमण बढ्दै गएपछि जिल्लाका स्थानीय तह इटहरी, दुहबी, इनरुवा मंगलबारबाट पुर्ण रुपममा लकडाउन गरिएको छ भने बुधबार राति १२ बजेबाट धरान पनि पुर्णरुपमा लकडाउन हुदैंछ ।