इटहरी: प्रदेश १ मा बुधबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका १४ जना, सुनसरीका १ जना, उदयपुरका १ जना त्यस्तै इलामका २ जना रहेका छन् ।
मोरङ विराटनगरका ६ पुरुष र ४ महिला, सुनवर्षीका ३ पुरुष र धनपालथानका १ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै सुनसरी धरानका १ पुरुष,उदयपुरका १ महिला र इलामका २ पुरुषमा संक्रमण देखिएको छ ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै बुधबार प्रदेश १ बाट ५७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये मोरङका २६, झापाका १६, सुनसरिका ६, इलामका ६, उदयपुर, तेर्हथुम र धनकुटाका १/१ जना रहेका छन् ।
यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८८७ पुगेको छ ।