इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा वडा नम्बर ५ का स्थानीय २७ वर्षीय पुरुष रहेका छन् ।
उनी जनकपुर स्थित एक बैंकमा कार्यरत थिए । उनमा कोरोना संक्रमितमा देखिने खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको थियो ।

लगत्तै उनी धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षणका लागि गएका थिए ।

उनको बिहिबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालका इर्मरजन्सी शाखा प्रमुख राम कुमार धमलाले जानकारी दिए । संक्रमित पुरुषमा कोरोना लक्षण रोग देखिएपछि उपचारका लागि कहाँ पठाउने भन्ने तयारी भईरहेको धमलाले बताए ।