इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इटहरी ३ घर भएका पुरुष हुन् ।

यो संगै इटहरीमा कोरोना संक्रमितहरूको संख्या २५ पुगेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिए । यस्तै १५ जना उपचार पछि घर फर्किसकेका छन । बिहीबार आएको रिपोर्ट अनुसार इटहरी ५ का २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।