इटहरी: विहिबार सुनसरीको इटहरीमा ५ जना कोरोना संक्रमित थपिएका छन् । इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाका अनुसार संक्रमित हुनेमा २५ वर्ष उमेर देखि ३७ वर्ष उमेर समुहका रहेका छन् ।

पछिल्लो पटक कोरोना देखिएका ब्यक्तिहरु इटहरी ३ घर भएका पुरुष हुन् । उनी इटहरी उपमहानगरपालिकाको वारुणयन्त्र चालक रहेका छन् । यस्तै ५ नम्बर वडाका २७ वर्षीय पुरुष रहेका छन् । उनी जनकपुरमा एक बैंकमा कार्यरत कर्मचारी रहेका छन् ।

केही दिन अगाडी जनकपुरबाट धरान आई वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । संक्रमित युवामा कोरोनाको लक्षण समेत देखा परेको शाखा प्रमुख धमलाले बताए ।

यस्तै विहिबार नै संक्रमित हुनेमा इटहरी ४ की २५ वर्षीय महिला, वडा नम्बर २० का ३७ वर्षीय पुरुष, २५ वर्षीय पुरुष हुन् । यो सगैं इटहरीमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने १५ जना निको भएर घर फर्किसकेका छन् ।