धरान: सुनसरीको धरानमा शनिबार थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरूमा धरान ४ का १० वर्षीय बालक, धरान १० का ३० वर्षीय पुरुष र धरान १५ का ३२ र ७१ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
संक्रतिम मध्ये १ जना महिला धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारी समेत रहेको बताईएको छ ।