विराटनगरः नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत दुई जना डाक्टरमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ । विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालको ल्याबमा गरिएको परीक्षणमा सो अस्पतलाका दुई जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टिसंगै नोबेलले ईमरजेन्सी बाहेक सबै सेवा आजैबाट बन्द गरेको छ ।
लक्षण देखिएपछि शुक्रबार स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य प्रशायोगशाला पठाएको रिपोट अनुसार शनिबार दुई जनामा चिकित्सकमा संक्रमण देखिएको अस्पतालका प्रबन्धक नारयण दाहालले जानकारी दिए । उनका अनुसार संक्रमण देखिएको ‘रेसिडेन्ड’ डाक्टर रहेको बताए । संक्रमित चिकित्सक मेडिकल कलेजमा एमडी तेस्रो बर्षमा अध्ययरत थिए ।
यसअघि विराटनगरका ठूला अस्पतालहरूमा कार्यरत डाक्टर र कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो । स विराट नर्सिङ्ग होमका वरिष्ठ चिकित्सक तथा संचालक र स्वास्थ्यकर्मीहरुमा पहिलोपटक देखिएको कोरोनाको संक्रमण तीव्र रुपमा विराटनगरका अन्य अस्पतालतिर पनि सरेको छ ।
दुई साताभित्र प्रदेश प्रहरीमा कार्यरत प्रहरी, तरकारी व्यापारी, पान पसले र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि संक्रमण पुष्टि भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी प्रदेशका उच्च पदाधिकारीमा भएको संक्रमणको स्रोत नखुले पनि अस्पताल हुँदै संक्रमण समुदायसम्म पुगेको तथ्यलाई महानगरलेसमेत स्वीकार गरेको छ । उनीहरुलाई देखिएको संक्रमणको ट्राभल्स हिस्ट्री पत्ता नलग्दा कहाँ बाट फैलियो संक्रमण पत्ता लागउन गारो भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।