धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा ईएनटीका एडिसनल प्रोफेसर र बायोक्यामेस्ट्रि विभाग का एसोसिएट प्रोफेसर दुई जना पुरुष डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आफुलाई शंका लागेर नै दुवै डाक्टरले पिसिआर जाँच गराएको जानकारी दिए । अहिले संक्रमित दुवै डाक्टरको ‘कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।