इटहरी :सुनसरीको इटहरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इटहरी ९ की १९ युवती र वडा नम्बर २० का ५४ वर्षीय पुरुष रहेका छन् ।

इटहरी उपमहानगरपालिकावाट १२४ जनाको स्वाव कलेक्सन गरी परिक्षण गरिएको मध्ये २ जनामा कोरोना पोजेटिभ आएको भने अन्य सवैको नेगेटिभ आएको इटहरी अस्पतालले जनाएको छ।

इटहरी अस्पतालका अनुसार इटहरी भित्र हाल सम्म ३० जना कोरोना संक्रमित रहेका छन् । उनीहरु मध्ये १४ जना निको भएर घर समेत फर्किसकेका छन् ।