इटहरी :आइतबार नेपाल लायन्स क्लबको ५०औं वार्षिक उत्सव मनाएको छ ।
वार्षिकक उत्सवको अवसरमा लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको आयोजना तथा रिलाइबेल फूड्स एण्ड बिभेरेज प्रा.लि.इटहरी खनारको सहयोगमा इटहरीको विभिन्न स्थानमा किमु ब्राण्डका बदाम जुस र खाध्यान्न बितरण गरिएको छ ।
डिस्ट्रिक चियर पर्सन लायन गोबिन्द थापा, बगैचा टोल बिकास संस्था अध्यक्ष सुनिल कार्कीको उपस्थितिमा लायन्स र लियो क्लब इटहरी एक्टिभ परिवारले इटहरी–४ गैरिगाउँका गर्भवती महिलाहरुलाई र इटहरी–४ असाहय बाल आश्रममा जुस र बिस्कुट वितरण गरिएको हो ।
यस्तै, इटहरी–२ माया घरमा जुस, चामल तथा दाल बितरण गरी वार्षिक उत्सव मनाइएको लियो क्लब इटहरी एक्टिभकी अध्यक्ष रञ्जु सिग्देलले जानकारी दिइन् ।