धरान: सुनसरीको धरानमा सोमबार थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाले गरेको मास टेस्टिङको क्रममा ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार सोमबार सङ्क्रमित हुनेमा धरान १० का १६ र २० वर्षीय महिला, धरान ६ का २७ वर्षका २ पुरुष, १३ नम्बर वडाका ३४ र ४३ वर्षीय २ पुरुष, धरान १५ का २९ वर्षीय पुरुष, धरान १६ का २७ वर्षीय पुरुष र धरान १९ का ४० वर्षीय पुरुष रहेका छन् ।

थपिएका ९ जना कोरोना संक्रमित सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५५ पुगेको छ ।

मास टेस्टिङको क्रममा धरानमा धरानमा अहिले सम्म १५ जनामा समुदाय स्तरमा लिइएको स्वाबमा कोरोना देखिएको हो । सङ्क्रमितहरूको थप विवरण आउन बाँकी रहेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।