धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा भोलि देखि अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

प्रतिष्ठानमा ओपिडीमा उपचारका लागि आउने र त्यही भित्रका चिकित्सकहरूमा कोरोना सङ्क्रमण देखिएकाले यस्तो निर्णय गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहलले एक सुचना जारी गर्दै ओपिडी सेवा भोली (साउन २८) गतेदेखि अर्को सुचना नभएसम्मलाई पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।

यस्तै आज प्रतिष्ठानका एक डाक्टरको परिवारका ३ जनामा कोरोना सङ्क्रमण भएको भएको छ ।

प्रतिष्ठानको इएनटीका कोरोना संक्रमित डाक्टरको ३ जना परिवारमा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । इएनटीमा कार्यरत डाक्टरलाई केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कनट्र्याक्ट ट्रेसिङको क्रममा उनको परिवारका अरू ३ जनामा कोरोना सङ्क्रमण देखिएको प्रतिष्ठान स्रोतले बताएको छ ।