इटहरी: मंगलबार प्रदेश १ मा ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा ३४ महिला र ६४ जना पुरुष रहेका छन् ।

यो संख्या अहिले सम्मकै उच्च हो । संक्रमितहरु मोरङका ६१, सुनसरीका १८, उदयपुरका१५, झापाका २ , त्यस्तै इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरङको विराटनगरमा मात्र आज ५० जनासंक्रमित थपिएका छन् । बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६३ पुगेको छ ।