काठमाडौंः सरकारले गरेको लकडाउन (बन्दाबन्दी) खुलेपछि २२ दिनको अवधिमा ६ हजार ४३८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत साउन ६ गते कोरोना संक्रमित संख्या १७ हजार ९९४ रहेको थियो । तर त्यस यता साउन ७ गते देखि साउन २८ सम्म ६ हजार ४३८ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
त्यसैगरी लकडाउन खुले यता मात्र ५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । गत साउन ६ गतेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० रहेको थियो ।
हाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

लकडाउन खुलेसँगै कहिले कति थपिए कोरोना संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन ७ गते १ सय जना, साउन ८ गते १४७, साउन ९ गते १३३ जना, साउन १० गते १०९ जना, साउन ११ गते १३० जना, साउन १२ गते १३९ जना ,साउन १३ गते ३११ जना ,साउन १४ गते २१० जना ,साउन १५ गते २७४ जना संक्रमित थपिएका थिए ।

यसैगरी साउन १६ गते २२४ जना, साउन १७ गते ३१५ जना , साउन १८ गते २४६ जना, साउन १९ गते ४१८ जना, साउन २० गते २५९ जना, साउन २१ गते ३८१ जना, साउन २२ गते ३६० जना, साउन २३ गते ४६४ जना, साउन २४ गते ३७८ जना, साउन २५ गते ३८० जना, साउन २६ गते ३३८ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । त्यसैगरी साउन २७ गते ६३८ जना र साउन २८ गते देशैभर ४८४ जना कोरोना संक्रमित थपिएका उनले जानकारी दिए ।

लकडाउन खुलेपछि कति संक्रमित निको भए ?

साउन ७ गतेदेखि हालसम्म २२ दिनमा चार हजार २५१ कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । गत साउन ६ गते कोरोना निको हुनेको संख्या १२ हजार ४७७ रहेको थियो भने त्यसयता चार हजार २५१ जना निको भएसँगै कुल निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

यसैगरी, गत साउन ७ गते कोरोना निको हुनेको संख्या २०७ रहेको थियो । साउन ८ गते १५६ जना , साउन ९ गते १०७ जना, साउन १० गते १०६, साउन ११ गते ७५ जना, साउन १२ गते ६२६ जना, साउन १३ गते १२१ जना, साउन १४ गते १४६ जना, साउन १५ गते २२७ जना, साउन १६ गते १५१ जना, साउन १७ गते ९३ जना कोरोना मुक्त भएका थिए ।

साउन १८ गते १११ जना, साउन १९ गते ३५८ जना ,साउन २० गते ६५ जना, साउन २१ गते १३० जना, साउन २२ गते २२३ जना, साउन २३ गते ४२५ जना, साउन २४ गते ४९९ जना,साउन २५ गते ४० जना, साउन २६ गते १४० जना कोरोना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साउन २७ गते १७१ जना र साउन २८ गते ६४ जना कोरोना संक्रमित निको भएका जानकारी दिए । बाह्रखरीबाट