इटहरी: सुनसरीको इटहरीमा एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै गएपछि इटहरी उपमहानगरले विभिन्न वडा, समुदायमा गत २३,२४ र २५ गते गरेको स्वाव परिक्षण मध्ये १३ को रिपोर्ट पोजेटिभ आएको हो ।
इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाका अनुसार इटहरीका विभिन्न वडामा १० पुरुष र ३ महिलामा कोरोना संक्रमण देखिएको बताए ।

आज कोरोना संक्रमित हुनेहरुमा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ५ का २६ वर्षीय पुरुष, वडा नम्बर ६ का २६,२७,८१ वर्षीय ३ पुरुष, वडा नम्बर ७ का ४२ वर्षीय महिला र १८ वषीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ९ का ३८ वर्षीय महिला र ४० वर्षीय पुरुष, वडा नम्बर १४ का ३५ वर्षीय पुरुष, वडा नम्बर १६ का १६ वर्षीय पुरुष, वडा नम्बर १७ का ४४ वर्षीय पुरुष, वडा नम्बर १९ का २९ वर्षीय पुरुष र वडा नम्बर २० की १९ वर्षीय महिला रहेको इटहरी उपमहानरले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।
यो सँगै इटहरी उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ ।