इटहरी: लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिले इटहरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्मार्ट सिटिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई चाहिने स्यानिटाइजर, मास्क, फेसशिल लगायत अन्य स्वास्थ्य सामग्री अस्पतालका डाक्टर मनिश शर्मालाई हस्तान्तरण गरेको हो ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि २४सैं घण्टा अग्रभागमा रहेर खटिने स्वास्थ्कर्मीको सुरक्षाका लागि उक्त सामग्री वितरण गरिएको लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिका सचिव भुपाल भट्टराईले बताए ।

कार्यक्रममा इटहरी वडा नम्बर ९ का वडा अध्यक्ष भुपेन्द्र बराल, इटहरी अस्पताल सञ्चालक समितिका उपाध्यक्ष ओम प्रकाश निरौला, लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिकी अध्यक्ष लक्ष्मी बराल गौतम, क्लबका संस्थापक अध्यक्ष एओजि राजेन्द्र केशरी घिमिरे,, लगायत क्लबका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

itahari aspatal 2