इटहरी :सुनसरीको इटहरी ५ स्थित ढप्कीदेवी टोलविकास संस्थाको वैठकले संक्रमित भएर डिस्र्चाज भइसकेका एक ब्यक्तिलाई उनकै घरमा वस्ने वातावरण मिलाईएको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको उपस्थितिमा टोल विकास संस्थाका पदाधिकारी र स्थानीय वुद्धिजिविहरुको वैठकले त्यस्तो निर्णय गरेको हो ।
त्यस कार्यमा स्थानीय वुद्धिजिविहरुले समेत सहजिकरण गर्ने भएका छन् । हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वाट कोरोना जीतेर फर्केपछि स्थानीयले आफन्तको घरमा वस्न अवरोध गरेका थिए ।
लगत्तै उनी इटहरीको एक होटलमा आफ्नो पुरा परिचय नदिई बस्न बाध्य भएका थिए । कोरोना संक्रमण वढदै गएको अवस्थामा जो कोहि पनि संक्रमित हुन सक्ने भएकाले संक्रमित भएका र निको भएर आएकाहरुलाई हौसला प्रदान गरिनुपर्ने उपमेयर गौतमले वताइन् । कोहि संक्रमित भएमा हेला र दुब्र्यवहार होइन आत्मवल वढ्ने गरि हौसला र सहयोग गर्नुपर्नेमा उपमेयर गौतमको जोड छ ।