इटहरी :गएको २४ घण्टामा प्रदेश १ मा थप ८६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार शनिबार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सबै भन्दा धेरै मोरङमा ६४ जना रहेका छन् ।
संक्रमण देखिएकामध्ये मोरङ विराटनगरका ४० जना छन् । जसमा २१ पुरुष र १९ महिला रहेका छन् । यस्तै रंगेलीमा ६ पुरुष र ३ महिला गरि ९ जना छन् । धनपालथान गाउँपालिकामा ५ महिला, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १र१ जनालाई संक्रमण देखिएको छ ।
उयस्तैसुनसरीमा १७ पुरुष र २ महिला गरि १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ९ पुरुष र २ महिला, रामधुनीमा ५ पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी ओखलढुङ्गा, तेह्रथुम र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको छ ।
शनिबार प्रदेशभरी १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेशमा अहिलेसम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १९०७ पुगेको छ । अहिलेसम्म प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना मोरङका हुन् भने ४ जना प्रदेश नं. २ का हुन् ।