इटहरी: प्रदेश १ मा थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये सबै भन्दा धेरै मोरङमा ९२ जना रहेका छन् । उक्त ९२ जनामा विराटनगर महानगरपालिका भित्रै मात्रै ३२ महिला र ५४ पुरुष गरी जम्मा ८६ जना रहेका छन् । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ ।
विराटनगरमा संक्रमण पुष्टि भएकामध्ये ८६ जना कोरोनामुक्त भइसकेका छन् ।
आइतबार नै खोटाङमा ६, सुनसरीमा २ र इलाममा १ जना संक्रमित थपिएका छन् । त्यस्तै प्रदेश २ का दुईजना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८६, बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिराहाकी १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आइतबार १०३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार १० पुगेको छ ।
हालसम्म प्रदेश १ मा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना मोरङका छन् भने ४ जना प्रदेश नं. २ का छन् ।