विराटनगर: शंकास्पद शंक्रमितको स्वाब संकलन गर्न खटिएका स्वास्थ्यकर्मीमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । उक्त स्वास्थ्यकर्मीलाई नै कोरोना पुष्टि भएपछि विराटनगर महानगरपालिकामा स्वाब संकलन रोकिएको छ ।
स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीमा आइतबार संक्रमण पुष्टि भएको हो । अन्य स्वास्थ्यकर्मीको स्वाब संकलन गरी कोरोना जाँच गर्न एक दिन स्वाब संकलन रोकिएको महानगरका मेयर भिम पराजुलीले जानकारी दिए ।
मेयर पराजुलीका अनुसार संक्रमित स्वास्थ्यकर्मी होमआईसोलेशनमा बसेका छन् ।