इटहरीः ज्ञानदर्पण एकेडेमी तरहराका तत्कालिन प्रध्यानाध्यापकसँग सम्वन्धित रहेर विभिन्न अनलाइन सञ्चार माध्यमहरुमा प्रकाशित भएका समाचार र समाजमा चलिरहेको हल्लाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको विद्यालयले जनाएको छ । आज विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर खडकाले एक प्रेश विज्ञप्ती प्रकाशित गरि कुनै पनि व्यक्तिविशेषको व्यक्तिगत घटना र नैतिक चरित्रको विषयलाई लिएर विद्यालयसँग जोडनु कुनै पनि सन्दर्भमा उपयुक्त हुदैन भन्ने हाम्रो मूल्य,मान्यता र बुझाई रहेको बताईएको छ ।
विज्ञप्तीमा भनिएको छ यद्यपि विद्यालय जस्तो पवित्र संस्थामा काम गर्ने व्यक्तिहरुको नैतिकता र चारित्रिक पवित्रता उच्च हुनु पर्छ भन्ने कुरामा हामीले स्थापनाकालदेखि नै कुनै सम्झौता गरेका छैनाँै र भविष्यमा पनि नगरिने कुरा सम्पूर्ण अविभाबक, विद्यार्थी, शिक्षक एवं आम जनमानसमा विश्वास दिलाउन चाहान्छौँ । प्रचलित सामाजिक,कानुनी र नैतिक मान्यता भन्दा अलग रही समाजमा घृणित कार्य गर्ने व्यक्ति कुनै न कुनै दिन दण्डित हुने निश्चित छ, त्यसैले अहिलेको अवस्थामा विद्यार्थीहरुको भयरहित वातावरणमा सिक्न पाउने अधिकारको सुनिश्चता गर्दै यस विद्यालयले नयाँ प्रध्यानाध्यापकको व्यवस्था गरेको कुरा यसै विज्ञप्ति मार्फत् जानकारी गराउँदछाँै ।
विश्वब्यापी रुपमा फैलिएको कोभिड—१९को संक्रमणकालिन अवस्था र विद्यालयलाई परेको यो विषम परिस्थितिमा तपाँईहरु जहाँ जस्तो अवस्थामा रहनुभएको छ, सोहि अवस्थामा रहि, हामीलाई सल्लाह,सुझाब र मार्गनिर्देशन गर्नु हुने सम्पूर्ण शुभचिन्तकहरुमा सम्मान गर्दै सबैमा हार्दिक आभार व्यक्त समेत गरिएको छ । अनुकुल वातावरणको सुधारसँगै हामी हाम्रा विद्यार्र्थीहरुको शैक्षिक उन्नयनमा कुनै कमी नराख्ने प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ ।