धरानः धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार गराइ रहेकी मोरङ कोरोना संक्रमीत वृद्धाको मृत्यु भएको छ । मोरङ बुढीगङगा २ की एक ६७ बर्षीया वृद्धाको सोमबार राती मृत्यु भएको हो । उनी बिराट मेडिकल कलेजबाट रेफर भएर आएकी थिइन ।

सोमबार साँझ ४ः४५ वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई विराट मेडिकल कलेजले प्रतिष्ठान रिफर गरेको थियो ।

मृतक वृद्धालाई दिर्घकालिन रोग मुटुको उपचार भईरहेको डा.सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए ।
यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।