इटहरीः कोरोना संक्रमण प्रतिदिन समुदाय स्तरमा बढ्दै गएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसंगै सुनसरीमा अहिले सम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान आएको रिपोर्ट अनुसार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै दिन देखिएको अहिले सम्मकै धेरै संख्यामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । कोरोना संक्रमित हुनेहरूमा सुनसरीको हरीनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकाको ४ जना पुरुष, दुहबी नगरपालिकाको ३ जना महिला ८ जना पुरुष सहित ११ जना, रामधुनी नगरपालिकामा २ जना पुरुष, र बर्जु गाउँपालिकामा १ जना महिला ४ जना पुरुष गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।