सङ्खुवासभाः संखुवासभामा कोरोना भाइरस संक्रमितको दुई दिन वित्दा समेत उपचार हुन सकेको छैन । मंगलबार एक प्रहरी सहित तीन जनामा कोरोना भाइरस संक्रमण भएको थियो । कोरोना भाइरस पोजेटिभ देखिएका विरामीलाई आईसोलेसन वार्ड नहुदाँ दुई दिन देखि क्वारेन्टिनमै अलपत्र छन् । संखुवासभामा सरकारी र निजी सहित २० वार्डको आईसोलेसन वार्ड भएपनि स्थानियले अवरोध गरेपछि समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख तथा खाँदबारी अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले बताए । शाक्यले भने अस्पतालले नीजि तथा सार्वजनिक स्थान भाडामा लिएर आइसोलेसन बनाउने तयारी गरेता पनि कतै उपलब्ध हुन सकेन ।
जिल्ला अस्पतालले हिमालय क्याम्पसमा बनाएको १० बेडको आईसोलेसन हटाउन निर्णय गरेपछि कोरोना संक्रमति विरामीको उपचारमा समस्या भएको हो । जिल्ला अस्पतालले खाँदबारी नगरपालिका–९ ढुङ्गे विसौनाको प्राथमिक विद्यालयमा बनाउन लागेको आईसोलेसन निर्माण पनि स्थानियले अवरोध पु¥याएका छन् । आईसोलेसन निर्माणमा स्थानियले विरोध पु¥याएपछि उपचारमा अझै अन्योल भएको जिल्ला अस्पतालका प्रबक्ता सुजाता पौडेले जानकारी दिएकी छन् । उनले भनिन् जिल्ला अस्पतालले ढुङ्गे विसौनामा निर्माण गर्न लागेको आईसोलेसन अवरोध भएपछि उपचारमा लैजान समस्या भएको बताइन् । प्रदेश सरकारले निर्माण गरेका सबै आईसोलेसन वार्ड भरिए पछि जिल्लामै राखेर उपचार गर्नु पर्ने भएपनि दुई दिन देखि क्वारेन्टिनमै राखिएको छ । तर जिल्ला अस्पतालले लाखौ रकम खर्च गरेर खाँदबारीको हिमालय किरण क्याम्पसमा बनाएको आईसोलेसन वार्ड भने प्रयोग बिहिन छ ।
विद्यालय, क्याम्पस र सामुदायिक भवनमा सरकारले आईसोलेसन नराख्ने निर्णय गरेपछि हिमालय किरण क्याम्पसमा बनाईको आईसोलेसन हटाइएको जिल्ला अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीका अनुसार जिल्ला प्रहरी कार्यालयका २२ बर्षिय पुरुष,धर्मदेवी नगरपालिका–४ का ४३ बर्षिय पुरुष र चैनपुर नगरपालिका–११ का २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।