ईटहरीः धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका२ जना नर्स सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू मध्ये २ जना नर्स १ जना हेल्पर र १ जना सेट्रलल्याबका कर्मचारी रहेका छन् । २ जना कर्मचारीका परिवार रहेको प्रतिष्ठानले जनाएको छ ।
अन्य ४ जना कन्ट्याकट्रेसिङका आधारमा प्रतिष्ठान भित्र स्वाब संकलन गरिएकामा कोरोना संक्रमण देखिएको हो । उपचाररत २ जना बिरामी रहेको प्रवक्ता डा.निदेश सापकोटाले बताएका छन् । कन्ट्याकट्रेसिङका आधारमा स्वाब संकलन गरी संक्रमितहरू एन्फा क्वारेन्टाइनमा राखिएको थियो ।