धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमै कोरोना संक्रमण फैलिन थाले पछि संक्रमितहरु को कन्ट्याक्ट ट्रसिङ्को क्रममा गरिएको स्वाब परिक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएकी नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । धरान १५ पुष्पाञ्जली मार्गका कि उनलाइ गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङमार्फत उनको पनि स्वाब परीक्षण गरिएको थियो ।
केही दिन अघि कोरोना संक्रमितको सम्पर्कमा रहेका दुई जना कुरुवामा पनि कोरोना पुष्टि भएको छ । उनिहरु एन्फा क्वारेन्टाइन मा राखिएको थियो । यस्तै, कोभिड अस्पतालमा राखिएका मोरङ विराटनगरका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सजरीको स्टेण्ट निकाल्न आएका सिरहाका एक व्यक्तिका पनि पिसिआर पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ की नर्स होम आइसोलेसनमा रहेको र उनको इच्छा अनुसार नै वीपी प्रतिष्ठान लगिनेछ ।