इटहरीः एक प्रहरी सहित इटहरीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी अस्पतालका अनुसार गत भदौ १ गते स्वाब संकलन गरी पठाइएकोमा ५ गते प्राप्त रिपोर्ट अनुसार पाँच जनामा कोरोना संक्रमण पुस्टी भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी सहित ५ जनामा कोरोना पुष्टी भएको इटहरी अस्पतालले जनाएको छ ।
इटहरी वार्ड नं २० , ४ , ५ र ८ मा एक एक जना गरी ४ जनामा कोरोना संक्रमण पुस्टी भएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले जानकारी दिए । संक्रमित मध्ये इटहरी ४ कि एक महिला हुन भने बाकि सबै पुरूष रहेको उनले बताए ।
शुक्रबार ५ जनामा कोरोना पुस्टी भएसंगै इटहरीमा संक्रमितको संख्या ६४ पुगेको छ भने १६ जना उपचारपछि घर फर्किएका छन । जिल्ला जनस्वास्थ्य कार्यलयको तथ्यांक अनुसार इटहरीमा ६५ कोरोना संक्रमीत देखिए पनि एक जना इटहरीको एक बैंकका कर्मचारी बिराटनगर घर भएको धमलाले बताए ।