सुनसरीः सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । शुक्रबार २३ जना थपिए पछि सुनसरीमा कोरोना संक्रमितको संख्या कुल ४ सय ९ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीको अनुसार कार्यालयमा प्राप्त रिपोर्टका आधारमा सबैभन्दा बढी कोरोना संक्रमित धरानमा देखिएका छन् ।

कार्यालयकी फोकल पर्सन शिर्जना लिङथेपका अनुसार धरानमा संक्रमितको संख्या १ सय ९ रहेको छ । त्यसैगरी इटहरीमा ६५, दुहवीमा ५९, हरिनगरमा ३४, कोशीमा २९, रामधुनीमा २५, भोक्राहामा २० जना छन् । त्यस्तै बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५–१५ जना कोरोना पोजेटिभ पाइएका छन् । बराहक्षेत्रमा १२ र गढीमा ७ जना संक्रमित भेटिएको कार्यालयले जनाएको छ ।

जिल्लामा १६ हजार ४१ जनाको स्वाब परिक्षण गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार कुल संक्रमित मध्ये १ सय ८१ जना निको भएका छन् । जिल्लामा अझै २ सय २८ जना उपचारमै रहेका छन् ।