संखुवासभाः संखुवासभाको हिमालय किरण क्याम्पसमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले हिमालय किरण क्याम्पसका प्रमुख डा. मात्रिका तिम्सिनालाई पक्राउ गरेको छ । जिल्ला अस्पतालले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको आधारमा क्याम्पस प्रमुख तिम्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।
क्यापस प्रमुख तिम्सिनाको अगुवाईमा आइसोलेसन तोडफोड भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरे पनि शनिबार मात्र सार्वजनिक गरेको हो । तिम्सिनालाई अपराधि उपद्रव गर्न नहुने मुद्धामा अनुसान्धन गरिरहेको प्रहरी निरिक्षक राईले जनाए । प्रहरी घटनाको दुई दिन वित्दा समेत तोडफोडमा संलग्नमा अन्यलाई भने पक्राउ गर्न सकेको छैन । घटना स्थलमा सिसि क्यापमरा समेत जडान भएको भएपनि क्यामरा फुटेजका बारेमा समेत प्रहरीले कुनै जानकारी दिएको छैन ।

जिल्ला अस्पताल संखुवासभाका अनुसार आइसोलेसनमा प्रयोग गर्नका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि हराएको जनाएको थियो । तोडफोड बाट करिब १५ लाख रुपैयाँ बराबरको सामाग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन सुन्दरश्याम झाले बताए । आइसोलेसन सेन्टरमा राखिएका ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री क्याम्पसमा बनाइएको आइसोलेसनबाटै हराएको अस्पताल प्रशासनले जनाएको छ । आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका प्रबक्ता सुजता पौडेलले जानकारी दिएकी छन् । तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको उनको भनाइ छ ।

118120373_2589190361342645_2312749184223992172_n

 आइसोलेसन हटाउन स्थानियले र क्याम्पस प्रशासनले पत्र

अस्पतालले करिब पाँच महिना अगाडि क्याम्पसमा आइसोलेसन निर्माण गरेको थियो । तर, गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासन र स्थानियले विरोध जनाएका थिए । स्थानीय टोलविकास संस्थाहरुले स्थानीय स्तरमा कोरोना फैलन सक्ने भन्दै आइसुलेसन हटाउन माग गदै आएका थिए । अर्को व्यवस्था नहुन्जेका लागि आइसुलेसन निर्माण गरिएको भएपनि पाँच महिना वित्न लाग्दा समेत आइसुलेसन नहटाएको विरोध जनाएका थिए । स्थानीयले क्याम्स प्रवेश गर्ने सडक समेत अरुद्ध गरी विरोध जनाएका थिए । कोरोना संक्रमण समुदायमा फैलनै सक्ने भन्दै स्थानियले जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका थिए । क्याम्पस प्रसाशनलाई समेत स्थानीयले आइसुलेसन हटाउन माग गरेका थिए ।
क्याम्पसले पनि क्याम्पस सञ्चालनका लागि आवश्यक तयारी गर्नु पर्ने भन्दै आइसुलेसन सार्न अनुरोध गदैं आएको थियो । क्याम्पसमा विज्ञान र नयाँ शंकायको कक्षा सञ्चालनका लागि प्रयोगशाला निर्माण र व्यवस्थापनका कार्य गर्नका लागि हटाउनका लागि अस्पताललाई निवेदन समेत दिएको थियो ।
क्याम्पस प्रशासन र स्थानीयले जोखिम बढ्ने भन्दै आइसोलेसन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठक गरिएको थियो । उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि स्थानीय र क्याम्पस प्रशासनले असहमति जनाए थिए । आइसोलेसन प्रयोग गर्ने निर्णय हुन साथ स्थानीयले विहिबार साँझ जिल्ला प्रशासन समेत घेराउ गरेका थिए ।
यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले क्याम्पसमा रहेको आइसुलेसन हटाउने निर्णय गरेको थियो । केन्द्रले खाँदबारी–९, ढुंगेविसौनामा रहेको विद्यायलमा आइसुलेसन निर्माणको काम समेत सुरु गरेपनि स्थानीयको विरोध पछि स्थगित भएको थियो । आइसोलेसनमा धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुषलाई राखिएको छ ।

 118228855_1189872921389166_3978652114441713521_n