इटहरीः एक जना ल्याब(प्रयोगशाला)मा कार्यरत प्राविधिक कर्मचारीमा र एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट सुनसरीको इटहरी अस्पतालले आफ्नो आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालले इमर्जेन्सी सेवा, डेलिभरी सेवा र फिभर क्लिनिक भने यथावत नै राखेको छ ।

हिजो सञ्चालक समिति अध्यक्ष भुपेन्द्र बराल र निमित्त मेडिकल सुपरिटेन्डेन मनिष कुमार शर्माले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार संक्रमित प्राविधिक कर्मचारी र ओपिडीमा भर्ना भएका विरामीको सम्पर्कमा आएकाहरुकोृ पिसिआर परिक्षण गरि नतिजा नआएसम्म अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो । प्रयोगशालाका टेक्निसियनमा कोरोना देखिएको हो । ओपिडीमा उपचारत विरामीले अस्पतालमा एक्सरे समेत गराएको खुलेपछि संक्रमण फैलिएको अनुमान गरिएको विज्ञप्तीमा भनिएको छ । अस्पतालले बिगत पाँच दिनभित्र एक्सरे गराएका बिरामीहरुलाई सम्पर्कमा आउन तथा घरमा बस्दा सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

 

itahari-hospital