इटहरीः हिजो इटहरीमा ५ प्रहरी सहित एकै दिन १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इटहरी अस्पतालकाका अनुसार इलाका प्रहरी कार्यालय इटहरीका ५ जना प्रहरी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या ७८ जना पुगेको र निको भएर २५ जना निको भएर घर फर्केको इटहरी अस्पतालका इमरजेन्सी प्रमुख राम धमलाले जानकारी दिए । उनले इटहरीमा प्रतिदिन कोरोना संक्रमित थपिरहेकाले सबैलाइ सतर्कता अपनाउन धमलाले आग्रह गरेका छन् । उनका अनुसार अहिलेसम्म इटहरीमा २९४७ जनाको पिसिआर गरिएको मध्ये २५ जना होम साइसोलेसनमा बसेका छन । ११ जना अस्पताल आइसोलेसनमा बसेका छन ।