विराटनगरः २४ घण्टाको अवधिमा प्रदेश १ मा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ती मध्ये २७ महिला र ४३ पुरुषमा कोरोना संक्रमण पुुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएकोेमा १८ महिला र २४ पुरुष छन् ।
मोरङको बुढीगंगामा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कन्काईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषसहित सुनसरीको इटहरीका १ महिला र ८ पुरुष तथा धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
थपिएका ७० जना सहित प्रदेश १ मा कोरोना संक्रमितको प
संख्या २ हजार ६५९ पुगेको छ । प्रदेशबाट आइतबार कोरोनामुक्त भई २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा कोरोनमुक्त हुनेको संख्या १ हजार २६७ पुगेको छ । प्रदेशमा शनिबार ८ सय ५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।