इटहरीः इटहरी उपमहानगरपालिकामा प्रतिदिन कोरोना संक्रमित हुनेहरुको संख्यामा बृद्धि भइरहेको छ । उपमहानगरका जनस्वास्थ्य नीरिक्षक घनश्याम सिग्देलका अनुसार इटहरी उपमहानगरपालिका २० वटा वडा मध्ये सबै भन्दा धेरै संक्रमित वडा नम्बर ६ मा भेटिएका छन् । सो वडामा संक्रमितको संख्या १० पुगेको सिग्देलले बताए । वडा नम्बर २० मा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको सिग्देलले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर नौमा ८ जना, वडा नम्बर ५ मा ७ जना, वडा नम्बर ४ मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि वडा नम्बर १ र २ मा पाँच पाँच जनामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ७, ८ , १२ , १४ र १९ मा २÷२ जना मा कोरोना संक्रमण पुष्टि भएको सिग्देलले जनाए ।
वडा नम्बर ११, १६ र १८ वडामा १÷१ जनामा मात्र कोरोना संक्रमण भएको छ । वडा नम्बर ३, १० र १३ मा कोरोना संक्रमितको संख्या शुन्य रहेको सिग्देलले बताए ।
इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक धनश्याम सिग्देलका अनुसार ईलाका प्रहरी कार्यालय इटहरीका ८ जना प्रहरी, ४ जना थुनुवा , सप्तरीका १, जना कृषि विकास वैकका १ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु मध्ये हस्पिटल आइसोलेसनमा १८ जना, होम आइसोलेसनमा ३५ जना र २५ निको भएको उनले बताए । उनका अनुसार इटहरीमा जम्मा २९५७ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएकामध्ये जम्मा पोजेटिभ संख्या ७८ पुगेको छ । जसमा पुरुष ६२,महिला १६ रहेको सिग्देलले बताए ।