संखुवासभाः संखुवासभामा आज थप १ जना ३२ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका निमित्त प्रमुख रोशन श्रेष्ठका अनुसार अरुण तेस्रोले फ्यासिनदामा बनाएको क्वारेन्टाईनमा बसेका १ जनाको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । भारतको विहारबाट अरुण तेस्रो आयोजनामा काम गर्न आएका कामदारमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सखुवासभाले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा ल्याउने तयारी भईरहेको छ । यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् भने ३ जनाको खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा उपचार भईरहेको छ ।