संखुवासभाः प्रहरीले प्रकाउ गरेको डा.मात्रिका तिम्सिनाको रिहाईको लागि खाँदबारी–७ का ६ बटा टोलले संयुक्त विज्ञप्ती निकालेर रिहाईको माग गरेका छन् । गत विहिबार राती आइसोलेसन तोडफोडको आरोपमा पक्राउ परेका हिमालय किरण पब्लिक क्याम्पसका प्रमुख तिम्सिनालाई विनासर्त अबिलम्ब रिहाईको माग गरेका हुन् ।
क्याम्पसको मुख्य भवनमा निर्माण गरिएको आइसुलेसन स्थानिय ६ वटा टोलविकास संस्थाहरु र क्याम्पस प्रशासनले सरकारको निर्णय अनुसार अन्यत्र सुरक्षित स्थानमा सारिनु पर्ने भन्दै गरेको मागलाई वेवस्था गर्दै आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेपछि विरोध जनाएका थिए । उनिहरुले क्याम्पस प्रवेश मार्ग अवरोध गरेतापनि अर्को विकल्प नहुन्जेल १५ भित्र अर्को अन्यत्र सार्ने निर्णय भए अनुसार निर्णय समयबाधि मै अन्त्र सारिनु पर्ने माग गरेका हुन् । चोरी भएको भनिएका सामाग्रीहरु आइसोलेसन वार्ड भित्र रहेको भन्दै यसको वस्तविकता वाहिर ल्याउन माग गरेका छन् ।
नेपाल सरकारको श्रावण २५ गते को निर्णयको आधारमा शैक्षिक संस्थाबाट क्वारेन्टिन तथा आइसुलेसन हटानु पर्ने भन्दै स्थानीयबासीले माग रहेको छ । प्रेश विज्ञप्तीमा १५ दिन भित्र आइसुलेसन अन्यन्त्र सुरक्षित स्थानमा सार्नुपर्ने माग राखिएको छ ।
आइसोलेसन तोडफोड भएको घटना प्रति टोलवासीहरुले दुःख व्यक्त गदै, घटनाको वस्ताविकता वाहिर ल्याउनु पर्ने माग गरेका छन् । उपचारमा उचित व्यवस्थापन हुन नसकि रहेका कारण सिर्जित आपसी विवाद र द्धन्द्धले गर्दा संक्रमित विरामीले उपेक्षित र निरुत्साहित हुनुपरेको प्रति समेत विज्ञप्ती मार्फत दुःख व्यक्त गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले आइसुलेसन सञ्चालन गर्ने निर्णय गर्न साथ नयाँबजारवासीहरुले विहिबार जिल्ला प्रशासन घेराउ समेत गरेका थिए । यतिको स्थानीयको विरोध आइरहदा पनि सुरक्षा सर्तकता नपनाउँदा घटाना घटेको स्थानियको भनाई छ ।