विराटनगर /  प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले संघीय सरकारका प्रमुख प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेको छ । ओलीले शनिवार प्रदेश एकको संसदमा करिब दुुइ घण्टा सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा प्रदेश एकलाइ कुुनै नयाँ योजना नदिएकोप्रति कार्कीको आक्रोस थियो । ‘अभिभावक आउँदा सन्तानलाइ केहि आशा हुुन्छ, पक्कै कोसेली त अयो की’, उनले भने ‘तर हाम्रो प्रधानमन्त्रीको भाषणमा न चिचि आयो, न पापा ।’
उनले संघीय सरकारको बजेटले एकात्मक शासन प्रणालीको धङधङी कायम राखेको भन्दै प्रदेशलाइ बजेट दिन कञ्जुुस्याँइ गरेको बताए ।
यता प्रदेश नम्बर एकको सरकारले आइतवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति विपक्षी दलले असन्तुुष्ट पोखेका छन् । प्रमुख प्रतिपक्षित दल नेपाली काँग्रेसका तर्फबाट सांसद केदार कार्कीले विपक्षीसँग कुुनै पनि छलफल नगरि कार्यक्रम सार्वजनिक गरिएको भन्दै सोमवारको संसदमा आक्रोस पोखे ।
आइतवार प्रदेश एकका प्रमुख गोविन्द तुम्वाहाङले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संसदमा पाठ गरि सुनाएका थिए । सोहि कार्यक्रममाथि आज सत्ता पक्ष तथा विपक्षी सांसदहरुले राय सुुझाव राखेका थिए । कार्कीले आफ्नो पाटिको उपस्थिति केवल प्रतिपक्षि नभइ सहयोगीको रुपमा हरेको भन्दै सरकारले योजना बनाउँदा उपेक्षा गरेको दुुखेसो गरे ।
कार्कीसहित आज बोल्ने अन्य सांसदले कार्यक्रमको समर्थन गरे पनि थप गर्नुुपर्ने विषयका बारे राय प्रस्तुत गरे ।