धरानः बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराइ रहेका धरान ८ का एक कोरोना संक्रमीतको हिजो बेलुका मृत्यु भएको छ ।
धरान वडा नम्बर ८ बरगाछिका का ६८ बर्षीया पुरुषको आईतबार बेलुका ६र३५मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका प्रवक्ताका डा निदेश सापकोटाका अनुसार साउन २९ गते रिर्पोट पोजेटिभ आएको र ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए ।उनका अनुसार मृतकलाई उच्च रक्तचाप मधुमेह ,श्वास प्रश्वासमा जस्ता दिर्घकलिन रोग समस्या रहेको थियो ।
मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए । यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ ।