इटहरीः ईटहरी उपमहानगरको वडा नम्बर ६ र ९ मा सबैभन्दा धेरै संक्रमित भेटिएकाले ती वडालाई शिल गर्ने निर्णय गरिएको छ । इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा आज भएको वैठकले यस्तो निर्णय गरेको हो । वडा नम्वर ६र ९मा कोरोना संक्रमितहरुको संख्या वढिरहेकाले शिल गर्ने निर्णय गरिएको वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले वताए । ती वडामा अतिआवश्य सेवा र पसल वाहेक सवै सेवा र हिडडुल पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ ।

इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा आठ जना संक्रमित छन । यसैगरि वैठकले इटहरी ९ स्थित रंगशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय गरिएको बैंठकमा सहभागी इटहरी अस्पताल इमरजेन्सी शाखाका प्रमुख रामकुमार धमलाले बताए । यसैगरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्वन्धित मन्त्रालय र निकायहरुसँग आब्हान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते सम्म निशेधित क्षेत्र घोषणा गरेकाले इटहरीमा पनि यातायात,वजार,संघ सस्था वन्द छन । इटहरीमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।