धरानः कोरोना संक्रमीत २२ बर्षीय सिराहाका एक युवकको उपचारका क्रममा धरानमा आज मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराईरहेका सिराहाको लाहान स्थित गोविन्दपुर मलाहाना का २२ बर्षिय युवकको आज दिउँसो ३ बजे मृत्यु भएको हो ।
अत्याधिक खोकी लागेर स्वास प्रस्वासमा समस्या भएपछि प्रतिष्ठान भर्ना भएका उनको सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानको आइसियुमा रहेका उनमा भदौ ७ गते आइतबार कोराना सक्रमण पुष्टि भएसगै उनलाई आइतबारनै कोभिड अस्पतालमा सारिएको थियो ।
लागु औषध सेवनकर्ता समेत रहेका ती युवालाइ प्रतिष्ठानमा भदौ २ गते मेडिसिन वार्डमा भर्ना भएका थिए । उनिमा मुटुको समस्या समेत देखिएपछि आइसियूमा राखेर उपचार गरिएको उनले बताए । यो सगै प्रतिष्ठानमामा १२ कोरोना सक्रमितको मृत्यु भइसकेको सापकोटाले जानकारी दिएका छन् ।