इटहरीः कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई हौसला प्रदान गर्न इटहरी उपमहानगरको तर्फवाट घर घरमै पुगेर भेटघाट सुरु गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले स्वास्थ्यकर्मीको टोली सहित घर घरमै पुगेर स्वास्थ्य अवस्थाको वारेमा सोमबारपनि जानकारी लिएकी छन् । इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमला र हेल्थ असिस्टेण्ट धर्मानन्द भटट सहित उपमेयर गौतमले सोमबार १३ जना संक्रमित बसेको घरमै पुगेर भेटघाट गरेकी छन् । उनि सहितको स्वास्थ्यकर्मीको टोली संक्रमितहरुको परिवारका सदस्य, छिमेकीहरुसंग अन्तरक्रिया समेत गरेको टोलीमा सहभागी । इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले बताए ।
आईवारबाट इटहरी अस्पतालको सक्रियतामा कोरोना संक्रमित बसेको घर घरमा पुग्दा २ जना संक्रमित बसेको होम आइसोलेसन मापदण्ड अनुसार नभएको पाएकाले उनिहरुलाइ चतरामा रहेको आइसोलेसन पठाएको धमलाले बताए ।
इटहरी सरकारको तर्फबाट उप प्रमुख लक्षिम गौतमले आइवार र सोमबार गरि २५ संक्रमितको घरमै पुगेर फलफूल,औषधी र गुर्जो सहित स्वास्थ्यलाभको कामना गरेकी छन् । आज वडा नम्वर ४,५,६,७९,१२ १६ र १९ का गरि संक्रमित र निको भएका २५ जनालाई भेटेको उपप्रमुख गौतमले वताइन् । होम आइसोलेसनमा वस्दा स्वास्थ्यको मापदण्ड पूरा भए नभएको अनुगमन समेत गरिएको इमरजेन्सी इन्र्चाज राम प्रसाद धमलाले जानकारी दिए । कोरोना संक्रमण भएर इटहरी ४ मा होम आइसोलेसनमा वस्नुभएकी प्रदेश सांसद कुसुम श्रेष्ठले इटहरीउपमहानगरकी उपप्रमुख, स्वास्थ्यकर्मीको टोली समेत आएर भेट गर्नुभएकोमा खुशी लागेका प्रतिक्रिया दिईन् । संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएको वेला स्थानीय सरकार घर घरमा पुगेर हौसला प्रदान गर्दा संक्रमितहरुलाई हाम्रो लागि सरकार रहेछ भनेर मनोवल वढने उनले वताईन । यस्तो कार्यले समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन सहयोग पुग्ने भएकाले अन्य स्थानीय तहले पनि इटहरी उपमहानरवाट सिक्नुपर्नेमा प्रदेश सांसद श्रेष्ठले जोड दिईन् । कोरोना संक्रमण भएर निको भई होम आइसोलेसनमै रहनुभएका इटहरी उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले उपमेयर सहित स्वास्थ्यकर्मीहरुको टिम आएर हौसला वढाउने कार्य गर्नुभएकोमा खुशी लागेको वताए ।