विराटनगरः विराटनगर स्थित उच्च अदालतका एक जना न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गराएको पीसिआर परीक्षणको रिपोट अनुसार उच्च अदालतका एक जना न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो ।
सोमबार स्वाब संकलन गरिएको न्यायाधीशको मंगलबार साझ संक्रमण देखिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबावु थपलियाले जानकारी दिए । संक्रमित न्यायाधीश होम आइसोलेनमा रहेका छन् । संक्रमित भएका न्यायीधशमा कुनै लक्षण नदेखिएको अदालतले जनाएको छ ।
न्यायधीशका सवारी चालकलाई केही दिन अगाडि संक्रमण पुष्टि भएको थियो । चालकलाई संक्रमण देखिएपछि न्यायाधीशले परीक्षणको लागि स्वाब दिएका थिए । यसअघि मोरङ अदालतका एक जना न्यायाधीशलाई संक्रमण दिएको थियो ।