इटहरीः इटहरी उपमहानगरपालिकामा ३ बालबालिका सहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बेलुका ४ जना संक्रमित थपिएका थिए । इटहरीमा आज थपिएका १० जना सहित संक्रमित हुनेहरुको कुल संख्या १० १ जना पुगेको छ ।
इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमलाका अनुसार आज थपिएका कोरोना संक्रमितहरुमा इटहरी २ का एक जना ३८ वर्षिय पुरुष,इटहरी ५ का ,२६ र ४२ वर्षिय पुरुष र ३४ वर्षिय महिला गरि ३ जना, इटहरी ९ का २३ र २६ वर्षिया महिला र ६० वर्षिय पुरुष गरि ३ जना , इटहरी १२ का १५ वर्षिया एक जना बालिका र इटहरी १४ का १२ वर्षिया बालिका र ११ वर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।