विराटनगरः कोरोेना भाइरस संक्रमणका कारण महोत्तरी घर भएका ६० वर्षीय पुरुषको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको । उनको उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

साउन ३१ गते न्युरो अस्पतालमा भर्ना गरिएका उनको टाउकोको नसा सुकेर प्यारालाईसिस भएको थियो । उपचारको क्रममा उनलाइ कोरोना पोजेटिभ देखिएको थियो । लक्षण देखिएपछि भदौ ३ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक एबम अस्पतालका डाइरेक्टर रन्जितरााज बस्नेतका अनुसार मृतक पुरुषमा कोरोना देखिएपछि अस्पतालले तयार गरेको आइसोलेसनमा उपचार भैरहेको थियो । भेण्टिलेटरमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको बस्नेतले बताए । मंगलबार राती नै बिराट मेडिकल कलेजमा पनि एक कोरोना महिलाको मृत्यु भएको छ । बिराटनगर ११ निवासी ४४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यो संगै विराटनगरमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।