इटहरीः गएको २४ घण्टामा प्रदेश १ मा १०८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना देखिएको प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

समाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सुनसरीको इटहरीमा ५ महिला र ९ पुरुष, इनरुवामा १ महिला र ३ पुरुष, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १ महिला, झापाको दमकमा ६ महिला र ९ पुरुष र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ते¥हथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ । प्रदेशमा बुधबार ८१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ । प्रदेशमा गएको २४ घण्टामा १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३६ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म ८२ हजार १०२ पुगेको छ ।