धरानः २ दिनबाट आन्दोलनमा उत्रिएका धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुको माग सम्बोधन गर्न एक समिति बनेको छ ।१६ बुदे माग सहित आन्दोलनमा रहेका स्टाफ नर्सको समस्या समाधान गर्न प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरी शंकर शाहको संयोजकत्वमा ५ सदस्यीय समस्या समाधान समिती बनेको हो । कोरोना संक्रमितको सम्पर्कमा आएका स्टाफ नर्सहरुको सुरक्षाको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै २ दिन देखि आन्दोलनमा थिए ।
आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग बुधबार बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएको थियो । प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेका छन् भने नर्सिङ स्टाफहरुको तर्फबाट सफला बुढाथोकी र रमा बस्नेत रहेका छन् । समितिले एक साता भित्र समाधान सहितको प्रतिबेदन बुझाउने उनले बताए ।
उपकुलपति डा।ज्ञानेन्द्र गिरीले ज्ञापन पत्र बुझाउन गएको नर्सिङ प्रतिनिधिहरु संगै छलफलमा बसेका थिए । थिए । उपकुलपति सहितका चारै पदाधिकारीहरुबीच छलफलमा आन्दोलनरत नर्सहरुको १३ जना प्रतिनिधिहरु सहभागी थिए । उपकुलपति कार्यालयमा वार्ता भइरहदा बाहिर भने नर्सहरुले धर्ना दिइरहेका थिए ।