विराटनगरः मोरङ कारागारका एक जना कैदीको कोशी अस्पताल विराटनगरमा बुधबार मृत्यु भएको छ । उनको मृत्यु कोरोना संक्रमण कारण हुन सक्ने आशंका गरिएको छ । कोशी अस्पतालका अनुसार लागूऔषध मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।
क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा समस्या भएपछि बुधबार ४ः १५ मा कारागारबाट अस्पताल पठाएको कारागारका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए । अस्पतालको आइसोलेशनमा ल्याइपु¥याउँदा यादवलाई चिकित्सकले मृत घोषणा गरेको थिए ।
विरामीलाई अस्पतालमा ल्याइपु¥याउँदा मृत्यु भइसकेको अस्पतालका सुपरिटेन्टडेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मृतकको स्वाब संकलन गरि परीक्षणको लागि प्रदेश जनस्वास्थ्य ल्याबमा पठाइएको दासले बताए । यादव लागूऔषध मुद्दामा २०७६ चैत ११ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । २०७४ भदौ ६ गते मोरङ अदालतले यादवलाई लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकेको थियो ।